धादिङका शम्भुको बसपार्कका रहस्यमयी मृत्यु, हत्याको आशंका : छुटाउन कांग्रेस नेता सक्रिय

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं गोगंबुस्थित भन्ज्याङ चौतारी गेस्ट हाउस अगाडी एक जना मृत अवस्थामा फेला परेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ६ का शम्भु विकको होटलको छतबाट खसेर मृत्यु भएको भनिएपनि उनको मृत्यु शंकाष्पद रहेको छ ।

उनका बाबु तिलक विकले गत जेठ ४ गते अर्थात् भोलिपल्ट प्रहरी वृत्त महारागञ्जमा उनको हत्या भएको भन्दै जाहेरी दिएका छन् । २० वर्षिय शम्भुको टाउकोमा गम्भिर चोटपटक लागेको थियो । उनको शव अहिले शिक्षण अस्पतलाको शव गृहमा छ । उनी गत वैशाख २ गते धादिङबाट काठमाडौं आएका थिए । उनी आफ्ना साथीहरुसँग उक्त गेस्ट हाउसको ३०१ नम्बर कोठामा बस्दै आएका थिए ।

शम्भुसँग उक्त होटलमा एक महिलासहित अन्य साथीहरु पनि थिए । ति महिलासहित अन्य व्यक्तिहरु र उक्त होटलका सञ्चालक कृष्ण अधिकारीसमेत झिकाई आवश्यक सोधपुछ तथा जाँच बुझको माग गर्दै मृतका बाबुले जाहेरी पेश गरेका छन् ।
जाहेरीमा शम्भुका साथीहरु भुवन अधिकारी, रमेश केसी सहित एक महिला उक्त हेटलको तेस्रो तलाको ३०१ नम्बर कोठामा बसिरहेका उनको के कसरी मृत्यु हुन गयो त्यसका लागि आवश्यक छानविन गर्न माग गरिएको छ ।

सोधपुछका लागि शम्भुका ३ जना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई छुटाउनका लागि भने विभिन्न राजनीतिक दलका नेताहरु लागि परेको समेत खुलाशा भएको छ ।

घटनाका पक्राउ परेका व्यक्ति छुटाउन कांग्रेस नेताको दौडधुप

पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन कांग्रेस नेताहरुको दौडधुप बढेको छ । नेपाली कांग्रेसबाट प्रदेश सचिव समेत रहेका तिलक रुवाली दलबलसहित महानगरीय प्रहरी बृत महाराजगन्ज पुगेकको थियो । *आरोपबारे प्रक्रिया दिँदै रुवालीले आफू पीडित विश्वकर्माको परिवारलाई संवेदना दिन र न्याय दिनका लागि प्रहरी कार्यालयमा गएको बताए । उनले आफूले निर्दोष नफसुन र दोषीले सजाय पाउनुपर्छ भन्दै प्रहरी कार्यालयमा पीडितकै पक्षमा वकालत गरेको प्रतिक्रिया दिए ।

प्रहरी भन्छ– अनुसन्धान भइरहेको छ

प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसर यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

“अहिले यही कारणले मृत्यु भएको भन्ने कारण त पत्ता लागेको छैन । तर मृतका साथीहरुसँग सोधपुछ भने भइरहेको छ । मृतले मादक पदार्थ सेवन गरेको भन्ने त छ, ” अधिकारीले भने,“यस विषयमा प्रहरी वृत्त महाराजगञ्जले आवश्यक छानबिर गरिरहेको छ । बाँकी विवरण अनुसन्धान पछि आउला ।”