धादिङको गंगाजमुनामा हेडमास्टरको ज्यादती : विद्यार्थीमाथि निर्घात कुटपीट

- कमल विश्वकर्मा  

 

काठमाडौं । धादिङ गंगाजमुना गाउँपालिकामा रहेको मण्डली माध्यामिक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
मण्डली माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर कार्कीले कक्षा ७ मा अध्ययनरत विद्यार्थी अनिश अधिकारीलाई शुक्रबार बिहान १० बजे कक्षाकोठा भित्र मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
‘मेरो छोरा कक्षा ७ को क्याप्टेन हो । बिद्यालयमा विद्यार्थीका लागि नियम बनाएको रहेछ । उसले प्रअको छोरालाई किन नियम पालना नगरेको भनेको कारण कुटाई खाएको अनिशकी आमा कोपिला अधिकारीले बताएकी छिन् ।
अनिश भन्छन्, ‘म कक्षा ७ अध्ययनरत छु । मलाई कक्षाकोठा क्याप्टेनको जिम्मेवारी थियो । त्यसै अनुसार मलै विद्यार्थीहरूको अनुशासन हेर्ने क्रममा बिद्यालय प्रअको छोरा अनुशासनमा नहेका र प्रअको छोरा भएपछि नियम नलाग्ने हामीले मात्र मात्र पालन गर्नु पर्ने हो भनेर सबै कक्षाका विद्यार्थीहरूले भनेपछि उसले आफ्नो बाबु प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर कार्कीले सुनाए पछि हामीहरू चार जनालाई अफिस कोठामा लगेर प्रअ सरले कुटे“ पिडीत विद्यार्थी अनिशले दुखेसो पोखे । उनका अनुसार प्रअ सरले सबैभन्दा म लाई धेरै कुटेका हुन् ।’

बालक अनिशले दियोपोस्टलाई घटना विवरण सुनाउँदै गर्दा आँसु खसाले । ‘अब स्कुलमा कसरी जाने स्कुल सुन्ने बित्तिकै मलाई डर लाग्छ । उनी त्यसमा थप्दै भन्छन् विना कारण प्रधानध्यापक सरबाटै नै कुटाइ खाइरहेका छौँ,’ उनले भने,‘मैले थाहा पाए अनुसार शिक्षकले बिद्यार्थीलाई कुट्न पाइँदैन तर यता सरले बिद्यार्थी सधैं आफ्नो घरको झोक हामीलाई देखाउनु हुन्छ ।’

कुटपिटबाट अनिशको गालामा नीलडाम भएको छ । कुटपिट शुक्रबार १०ः३० मा भएपनि अनिशले आफ्नो अभिभावक आमालाई बोलाउछु भन्दा पनि बिद्यालयका सहायक प्रअले बोलाउन दिएनन् । साँझपख अनिश निलडाम चोटसहित घर पगेपछि मात्र आमाले थाहा पाएकी थिइन् । थाहा पाउनासाथ प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर कार्की बस्ने घरै गएर मेरो बाबुलाई किन कुट्नु भएको भन्दा उल्टै जे जे गर्न सकिन्छ मलाई केही गर्न सक्दैनौं भनेर भनेको अनिशकी आमा बताउँछिन् ।

आफ्नो श्रीमान बाहिर रहेकाले आफ्नो दुखेसो कसैले नसुनेको उनको भनाई छ ।

शनिबार अभिभावक बिद्यालय व्यवस्थापन समिति र वडा अध्यक्ष बोलाएर कागज गरिएको समेन उनले खुलाइन् । त्यतिबेला अनिशको आमाको कुरा नसुनेर बिद्यालय व्यवस्थापन समिति र वडा अध्यक्ष सहितको समुहले विद्यार्थी कुट्ने प्रधानध्यापकलाई कारबाही नगरेको उनीहरुको आरोप छ ।