अभिनेता प्रदिप खड्काले पहिलो पटक साइन्स फिक्सन (साइफाइ) फिल्ममा अभिनय गर्न पाउने भएका छन् । ब्रिटिस –नेपाली चलचित्र निर्माता एवम् निर्देशक प्रदिप शाहिले निर्माण गर्न लागेको साइफाइ फिल्म ‘एक्लो’मा अभिनेता प्रदिप खड्काले हलिउड अभिनेता जेमी ब्याकोनसँग अभिनय गर्न लागेका हुन् ।
फिल्ममा अभिनेता खड्का र ब्याकोनको मुख्य भुमिका रहनेछ । ‘एक्लो’ नेपालको तर्फबाट साइफाइ विधामा बन्ने पहिलो नेपाली चलचित्र हुने निर्माता शाहिले बताएका छन् । निर्माता शाहि आफ्नो पछिल्लो चलचित्र ‘दि लास्ट रिचुअल’ को लागि हाल कान्समा सहभागी भएका छन् । चलचित्र एक्लोले भविष्यको कथा भन्नेछ । पृथ्वीमा एक्लै बाच्ने व्यक्ति अर्थात् हिमालयन क्षेत्रको संरक्षकको भुमिकामा अभिनेता खड्का देखा पर्नेछन् । उक्त फिल्मको छायांकन नेपालमा हुने निर्माताले जनाएका छन् ।
निर्माता शाहिले यस फिल्ममार्फत नेपाली र ब्रिटिस चलचित्र उद्योगसँग सहकार्य गर्ने र नेपाललाई फिल्म छायांकनको उचित स्थानको रुपमा चिनाउने अपेक्षा राखेका छन् । चलचित्रमा मुख्य भुमिकामा देखा पर्न लागेका अभिनेता ब्याकोनले नेटफ्क्सि ऋंखला ‘ह्वाइट लाइन्स’ र ‘ब्रिङटोन’, ‘दि होर्डर’ र बीबीसी नाट्य ऋंखला ‘फादर ब्राउन’ लगायतमा अभिनय गरेका छन् । अभिनेता प्रदिप खड्काले प्रेम गित, प्रकाश लगायत चलचित्रबाट चर्चा कमाएका छन् भने उनी अभिनित चलचित्र पुजार सार्की यहि जेठ १० गतेदेखि प्रदर्शन हुदैछ ।