
काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि तीन दलका तीन शीर्ष नेताहरुबीच भेटघाट हुदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट हुने भएको हो ।
भेटघाटका लागि प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि केही बेरमै पुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।