काठमाडौं । पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् । केहीबेरअघि तालको बीचमा पुगेका उनीहरु व्यक्तिहरू अलपत्र परेका हुन् ।
उनीहरूको अहिले उद्धार भइरहेको छ । अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्य तिमल्सिनाले बताए । उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।