बामपन्थी नेता प्रदीप नेपालको निधन !

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई सोमबारआईसीयूमा राखिएको थियो ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।

उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए ।

नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।

सिफारिस