काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन्।
अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरी उनको निधनले मर्माहत बनाएको उल्लेख गरे।
उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।’
उनले प्रदीप नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।