राजावादीले घोषणा गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि एकजुट भएका छन् । उनीहरुले अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा समेत गरेका छन् ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि समाहित भएका छन् ।
आगामी जेठ १५ गतेबाट जनआन्दोलन शुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नरोक्ने घोषणा उनीहरुले गरेका छन् ।
आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न उनले अपिल गरेका छन् ।

सिफारिस