
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा रुपन्देही सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार बेलुकी ७ बजेतिर दुर्घटना भएको थियो । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भई सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको प्रहरीले बताए ।
उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थिए ।