मानव अधिकारकर्मीद्वारा ‘युद्ध निषेधः शान्ति विशेष’ अभियान संचालन

दियोपोस्ट संवाददाता

काठमाडौं । भारत र पाकिस्तानबीचको द्वन्द बढिरहेका बेला मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावासमा युद्ध निषेधः शान्ति विशेष अभियान संचालन गरेका छन् । ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ भन्दै मानव अधिकारकर्मीले लैनचौरस्थित भारतीय दूतावासअघि प्रर्दन गरेका हुन् ।

दूतावासअघि युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत प्रदर्शन गरेको समाजका अध्यक्ष कृष्णा पहाडीले बताए । उक्त प्रदर्शन भारत-पाकबीचको बढ्दो तनाव अन्त्य र शान्तिको लागि ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

भारत र पाकिस्तानबीच गोलाबारी सुरु भएको छ । अहिले भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गरिरहेको छ ।