शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा आज सुकेधारा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।

तीनकुने घटनाको अनुसन्धानका लागि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी नेपाल प्रहरीको फरार अभियुक्त रहेको काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

एसपी बोहोराका अनुसार बस्नेतलाई म्याद थपका लागि अदालत लगिएको छ । व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर गत चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

चैत १५ गतेको आन्दोलन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

सिफारिस