कारागारको शैचालयमा थुनुवाद्वारा झुण्डिएर आत्महत्या

दियोपोस्ट संवाददाता  

जाजरकोट । जाजरकोट कारागारमा एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् । भेरी नगरपालिका १० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रसाद शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए ।

मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेको शर्माले बताए । घटनाको विस्तृत अनुसन्धान भइरहेको र मुचुल्का उठाउने र प्रमाण संकलनको काम भइरहेको छ उनले जानकारी दिए । दीपकले आत्महत्या गर्नुको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सिफारिस