
काठमाडौं । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको पच्चिस सय ६९औँ जयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिको कामना गर्दै परेवा उडाएका छन् । काडमाडौँको बौद्धस्थित बौद्ध स्तुपामा आयोजित एक कार्यमका बीच राष्ट्रपति पौडेलले परेवा उडाएका हुन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध पुगेका छन् ।
गौतम बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पुजा गरिन्छ ।