
काठमाडौँ। यतिबेला संसदको बजेट अधिवेशन चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटका विषयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल निदाएका हुन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि बजेट छलफलका क्रममै अर्थमन्त्री निदाएका छन्।
यसै पनि बजेट अधिवेशनमा संसदमा सांसदहरुको उपस्थिति साडै न्यून देखिएको छ। तर, संसदमा उपस्थित हुनेहरुले पनि छलफलप्रति खासै चासो देखाएको देखिंदैन। यहीबीच संसदमा छलफल चलिरहेकै बेला अर्थमन्त्री निदाएका थिए। उनी संसदमा छलफल चलिरहेका वेला निदाएको फोटो सञ्चारकर्मीले खिचिरहेको थाहा पाएपछि उनी जुरुक्क उठेर मुसुक्क हाँसेका थिए ।