‘विश्वकै गरिब राष्ट्रपति’ पेपेको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं । विश्वकै गरिव राष्ट्रपति को नामले समेत चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिकाको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो । जोस ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति हुन् । उनले सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ भनिन्छ । त्यसको कारण उनको ज्यादै साधारण जीवनशैली हो । राजनीतिबाट रिटायर्ड भएपछि पनि उनले पेन्सन लिन समेत इन्कार गरेका थिए । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।

यी पूर्वगुरिल्ला नेताले आफ्नो साधारण जिन्दगीका लागि विश्वभर ख्याति कमाएका थिए, जसका कारण उनलाई विश्वकै सबैभन्दा गरिब राष्ट्रपतिको रूपमा चिनिन्थ्यो ।

पूर्वराष्ट्रपतिको निधनको खबर उरुग्वेका राष्ट्रपति यामान्डु ओरसीले पनि पुष्टि गरेका छन् । उनले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, तपाईंले हामीलाई जे दिनुभयो त्यसका लागि र जनताप्रतिको गहिरो प्रेमका लागि धन्यवाद ।
‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन