पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौं । पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस बुधबार दिउँसो दुर्घटनामा परेको हो।

कास्की ट्राफिक प्रहरी कार्यालयकी इन्सपेक्टर शोभा पाण्डेका अनुसार, गम्भीर घाइते चार जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तीमध्ये तीन जनाको उपचारको क्रममा ज्यान गएको पुष्टि भएको छ। अन्य घाइतेहरूको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका कारण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित १० जना सवार थिए।

घटनाको थप विवरण आउन बाँकी छ।