
काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० चितवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना भएको हो ।
द्रुत गतिमा गुडिरहेको बस डिभाइडरमा ठोक्किएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
बस दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरी उपरिक्षक खनालले बताए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा ३९ जना सवार थिए ।