रसुवामा साडे ७ किलो सुन बरामद

दियोपोस्ट संवाददाता

काठमाडौं । रसुवामा सुनसहित एक जना व्यक्ति पक्राउ परेका छन् । आइतबार केरुङ्ग नाकाबाट स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी गर्न लागिएको ७ किलो ६५३ ग्राम सुनसहित ब्यक्ति पक्राउ परेका हुन् ।

रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार पक्राउ परेका ब्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको छ । तर, पक्राउ परेका ब्यक्तिको परिचय गोप्य राखिएको उनले बताए ।

बरामद भएको भएको सुन भन्सारमा पठाइएको डीएसपी शाहीले जानकारी दिए । उनकाअनुसार सात वटा बिस्कुट बरामद भएको हो ।

बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको थियो ।