काठमाडौँ । लुक्ला उडेको जहाजमा प्राविधिक समस्या आएको भन्दै सोमबार बिहान पुनः काठमाडौं फकाईएको छ। समिट एयरको फ्लाइट नम्बर ३०१ ट्वीनअटर जहाजमा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काइएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७ः२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।
जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु थिए। यात्रुहरू सबै सुरक्षित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।