बिजयले तोडे आफ्नै किर्तिमानी, चौथो पटक सगरमाथाको सफल आरोहण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्माले चौथो पटक सगरमाथा आरोहण गरेका छन् । घिमिरेले आज बिहान ८ः५२ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

बिजयले चौथो पटक सागरमाथाको सफल आरोहण गरेर आफ्नै किर्तिमानी तोडेका छन् । यस अघि तेस्रो पटक सगरमाथा आरोहण गर्ने पहिलो दलित समुदायको आरोहीको ख्याती कमाएका उनले चौथो पटक पनि सगरमाथा आरोहण गरेर आफ्नै किर्तिमानी तोडेका हुन् ।

बिजयले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले चौथो पटक सगरमाथाको आरोहण गरेको जानकारी दिए । उनले सगरमाथा आरोहण गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, आज म धेरैै खुसी छु । यहि मिति २०८२/0२/0५ गते आइतबार बिहानको ८ः५२ मिनेटमा बिश्वको उच्च शिखर सगरमाथा सफल आरोहण गर्न सफल भएको छु ।

‘प्रथम दलित सगरमाथा आरोहण’ अभियान अन्र्तरगत ८ जेठ २०७४ मा पहिलो पटक बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि बिश्व किर्तिमानी कमाएका आरोही बिजय घिमिरे बिश्वकर्माले ‘सबै खाले जातीय, भाषिक, लैङ्गिक र वर्गीय बिभेद अन्त्यका लागि हाम्रो अभियान, पुर्ण समानुपातिक र समतामूलक समाज निर्माणका लागि सगरमाथा आरोहण’ भन्ने मुल नारा का साथ ६० लाख दलित समुदाय को प्रतिनिधित्व गर्दै आफुले दोस्रो पटक सगरमाथा आरोहण गरेका बताए ।

दलितहरुलाई अछुत भन्नेहरुलाई सांकेतिक रुपमा बिरोध गर्दै बिश्वको सर्बोच्च शिखरसम्म उनीहरुको कलालाई स्थापित गरिने उनले बताए । आरोही बिश्वकर्माले आफुले छिटोभन्दा छिटो सगरमाथा आरोहण गरि फर्किने बिश्वास ब्यक्त गर्दै शिखर चढ्नका लागि आफुलाई प्रेरणा दिने र सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए ।

उनी सगरमाथा आरोहणका लागि मंगल बार बिहान ७ बजे त्रिभुवन बिमानस्थलबाट सोलुखुम्वुतिर प्रस्थान गर्नेछन् ।