पुलबाट खसेर एक युवकको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्माणाधीन पुलबाट खस्दा एक युवकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका २७ वर्षीय दिपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेका थिए । अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए । सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ । आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।