तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र टिपर ठोक्किँदा सात जना घाइते भएका छन् । रुकुमपश्चिमबाट काठमाडौं जाँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना भएको हो ।
प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।
दुर्घटनामा घाइतेलाई लक्ष्मी अस्पताल लगिएको छ र बस चालकको अवस्था गम्भीर छ। घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बस चालकको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।