शुद्धोदन गाउँपालिका अध्यक्ष ‘विद्युतीय अपराध’ सम्बन्धी कसुरमा पक्राउ

दियोपोस्ट संवाददाता

कपिलवस्तु । कपिलबस्तुस्थित शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ ।  उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

चौधरी विरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएदेखि उनी फरार भएका थिए ।

आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए ।

चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।