राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा‍.विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन । सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् ।

सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा‍.विश्वनाथ पौडेललाई नियुक्त गरेको हो ।