राजस्व छली गरी ल्याइएका मोबाइलका पार्टपुर्जासहित ८ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । मोबाइलका पार्टपुर्जा अवैध रूपमा चोरी पैठारी गरी बिक्री वितरण गर्ने गिरोहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। टेकुस्थित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा टेकुस्थित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चावहिलस्थित चःमती क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।

उनीहरू भारत तथा नेपालको विभिन्न स्थानहरूबाट काठमाडौं आएका थिए र मोबाइलका पार्टपुर्जाहरू चोरी पैठारी गरी विभिन्न मोबाइल पसलहरूमा बिक्री तथा भण्डारण गर्दै आएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सम्पूर्ण सामग्री तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले चोरी पैठारी, राजस्व छली तथा अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी पनि भइरहेको जानकारी दिएको छ।