सुनको मूल्यमा निरन्तर बृद्धि, यस्तो छ आजको मुल्य !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य पूनः बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।

बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाल सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।