काठमाडौँ । चितवनमा ईभी कार बससँग ठोक्किँदा कार चालक ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा आज बिहान बस र ईभी कार ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।