काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन उपर आज पूनः सुनुवाई हुने भएको छ । मङ्गलवारदेखि जारी सुनुवाइ आज पनि हुने भएको हो ।
पूर्वडीआईजी छविलाल जोशीको रिटमा समेत आज पनि सुनुवाइ हुने बताइएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई गरिरहेका थिए ।
बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।
बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।