माइतीघरमा सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गर्न र बचत रकम फिर्ता गर्न आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे। अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।

सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ । उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर, बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर, कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

नाङ्‍गो हुनु रहर नभएर बाध्यता भएको भन्दै उनीहरूले सहकारी पीडितको माग पूरा नभए अझ नाङ्‍गो हुन तयार रहेको बताएका छन् ।

सिफारिस