काठमाडौँ । भक्तपुरमा आफ्नै कोठाभित्र रोशनी शाही मृत फेला परेकी छन्। शाही तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर विवाद बनेकी थिइन्।
आइतबार सूर्यविनायक नगरपालिका नगरपालिका-३ स्थित आफ्नै कोठमा ५० वर्षीया शाही मृत फेला परेकी हुन्। कोठा भित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ।
उनका पति विराटनगरमा रहेकाले उनलाई खबर गरिएको प्रहरीले जानकारी दिएको छ।
वि.स २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।
कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्यायो।
अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।