प्रतिनिधि सभा बैठक स्थगित

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि करिब २ घण्टा ढिलो गरी सुरु भएको बैठक स्थगित भएको हो ।

बैठक सुरु भएपछि सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिन खोजेका थिए । उनले गृहमन्त्रीले समय मागेको बताएका थिए । तर, विपक्षी दलहरुले सभामुखले गृहमन्त्रीले समय मागेको जानकारी गराउनासाथ नाराबाजी गरे । त्यसपछि सभामुखले बैठक स्थगित गरे ।