
सिंहदरबारमा बिहीबार बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक । तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौं । संसदमा प्रतिपक्षीको भुमिकामा रहेका दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने निर्णय गरेको छ । रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरुद्ध गर्ने निर्णय गरेको हो ।
बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए । विपक्ष दलको अवरोधका बीच सत्तापक्षले भने आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ ।
गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको छ । तर, विपक्षीले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ खोजेको छ ।
बिहान ११ बजे बोलाएको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन । यसैबीच प्रधानमन्त्री ओली र प्रचण्डबीच फोन संवाद पनि भएको छ।