पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। उनको पत्नी बिमला महतको गएराति निधन भएको हो। उपचारको क्रममा पौने एक बजे पत्नीको निधन भएको पण्डितले जानकारी दिए।

उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।

उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।