
काठमाडौँ । नेकपा एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज बिहानैदेखि रत्नपार्क तथा भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा मा कडाइ गरिएको छ । दुई पार्टीको प्रदर्शन हिंसात्मक हुन नदिन सो क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको हो ।
रतनपार्क, भृकुटी मण्डप, बागबजार र आसपासका क्षेत्रमा बिहानै देखि सुरक्षा ब्यवस्था कडा पाएिको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिनुका साथै ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने दिउँसो राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ ।