
काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमाले र राजावादीहरुको र्याली शान्तिबाटिका पुगेपछि झडपको स्थिति पैदा भएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको छ ।
शान्तिबाटिका क्षेत्रमा वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण बनाएको प्रहरीले बताए ।
प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समर्थकहरूलाई शान्तिबाटिकामा प्रवेश दिने प्रहरीले बताए ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै काठमाडौंका विभिन्न स्थानबाट उत्सव र्याली निकालेको छ । विभिन्न स्थानबाट निस्कने र्याली भृकुटीमण्डपमा भेला भएर शान्तिवाटिकमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।