गृहमन्त्रीले राजीनामा नदिएसम्म ‘सदन’ चल्न नदिने माओवादीको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अबरुद्ध गर्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

बैठकका बारेमा जाकारी दिदै माओवादी सचिव लीलामणि पोखरेलले अन्य दलको समेत साथ लिएर गृहमन्त्रीको राजीनामा माग गरिरको बताए । उनले गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको जानकार िदिए ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि आजदेखि सदन चल्न नदिने उनको भनाई छ । यता, एमाले कांग्रेसका शीर्ष नेताले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।