राजावादी आन्दोलनका कारण बानेश्वर सडक अस्तव्यस्त

दियोपोस्ट संवाददाता

काठमाडौं । राजसंस्थाको पुनस्स्थापनाको मागसहित राप्रपा नेपाल र राजावादीले सुरु गरेको आन्दोलनका कारण नयाँ बानेश्वर सडक अस्तव्यस्त बनेको छ । आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल हुँदै बानेश्वरको सडक समेत कब्जा गरे पछि सडक अस्तव्यस्त भएको हो ।

आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।

यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो ।

राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।