पूर्व पत्रकार विजय चालिसेको निधन

दियोपोस्ट संवाददाता

काठमाडौँ । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ । २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए ।

चालिसेले पत्रकारिता, आख्यान, विज्ञान एवं बालसाहित्य गरि दर्जनौं किताब लेखेका छन् । केही समयअघि मात्रै उनको युगसन्धिु नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।