दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी जम्मा हुन नपाइने

दियोपोस्ट संवाददाता  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । राजावादीहरुले भोलि शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने भनेपछि प्रशासनले भोलिदेखि नै लागु हुनेगरी त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा जेठ १७ गतेदेखि लागु हुने गरि असार २४ गतेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताइएको छ ।

सुचनामा दरवारमार्ग, केशरमहल, जयनेपाल हल क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।

 

सिफारिस