वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा, अस्पताल पदाधिकारीविहीन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। वर्तमान सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने उद्देश्यले अध्यादेश जारी गरेपछि उनले पद त्यागेका हुन्।

डा.शर्माका अनुसार उनले हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्। अन्य पदाधिकारीहरूले पनि पद छाडिसकेकाले आफूले पनि त्यही निर्णय लिएको उनले बताए। ‘मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको हुँ,’ उनले भने।

स्वास्थ्य सेवा अन्तर्गत दशौं तहका कर्मचारी रहेका डा. शर्मा २०८१ साल फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।

उनको राजीनामापछि वीर अस्पताल हाल पदाधिकारीविहीन बनेको छ। अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष लगायतका पदाधिकारीहरू पनि हटाइएका छन्।

सिफारिस