यातायातको क्षेत्रमा १ खर्ब ६३ अर्ब विनियोजन, मेट्रोरेल र मोनोरेलका लागि ७ अर्ब

दियो पोस्ट  

काठमाडौँ, जेठ १५ । सरकारले यातायातको क्षेत्रमा १ खर्ब ६३ अर्ब विनियोजन गरेको छ । वुधबार बजेट भाषण गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यातायात तथा सडकको स्तरोन्नती र निर्माणका लागि सो बजेट विनियोजन गरेको बताएका छन् । यातायात क्षेत्रमा मनोरेल र मेट्रोरेलका लागि ७ अर्ब छुट्याइएको छ ।

यातायातको क्षेत्रअन्तर्गत राजमार्ग स्तरोन्नती र पुनस्र्थापना कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेका छन् । पुर्व पश्चिम राजमार्गको स्तरोन्नतीका लागि मात्र सरकारले १५ अर्ब १ करोड विनियोजन गरेका छन् । यसबाट राजमार्गलाई ४ लेनको बनाइने समेत मन्त्री खतिवडाले बताएका छन् । त्यस्तै वीपि राजमार्ग निर्माण तथा विकासका लागि ९६ करोड विनियोजन गरिएको छ । । त्यस्तै हुलाकी राजर्माका लागि १३ अर्ब ६३ करोड विनियोन गरिएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।

राजधानीको चक्रपथ विकासका लागि १ अर्ब ८ करोड विनियोजन गरिएको छ । त्यस्तै
तीनकुने कोटेश्वर जडिबुटीमा अण्डरग्राउण्डका लागि सम्भाव्यता अध्ययन गरिने र नागडुंगा–नौविसे सुरुङमार्ग निर्माणको लागि विशेष अध्ययन गरीने बताए ।

सरकारले देशका सबै जिल्लाहरुको सदरमुकाम सम्म पक्की सडक पुर्याउने घोषणा गरेको छ । सुदुरपश्चिमका जिल्लाहरुमा यातायातको द्रुत व्यवस्था गरिने छ । राजमार्ग स्तरोन्नति र पुनर्स्थापना कार्यक्रमका लागि १० अर्ब विनियोजन ।२ सय पुलहरु निर्माण सम्पन्न गर्न ७ अर्ब विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् । ।

TATA ADD