
काठमाडौँ, जेठ १५ । सरकारले निजामती कर्मचारीहरुको तलब बृद्धी गरेको छ । संघिय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब २० प्रतिशतले बृद्धी गरिने घोषणा गरेका हुन् । फरक फरक अनुपातमा बढाइए पनि सबै कर्मचारीको तलबमा कम्तीमा २० प्रतिशत बढाइने बताएका हुन् ।
सरकारले वृद्धभत्ता पनि एक हजारले बृद्धी गरेको छ । यो बृद्धीसंगै अब हरेक बृद्धले रु तीन हजारका दरले भत्ता पाउनेछन् । वृद्धभत्ता लगायत सामाजिक सुरक्षाको भत्तामा पनि सरकारले एक हजारको बृद्धी गरेको छ ।