काठमाडौं, २१ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित संख्या दुई करोड नाघेको छ ।
एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १६ लाख ६३ हजार ७४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् शनिबार एकैदिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा सङ्क्रमितको संख्यामा कमी हुँदै आएको छ ।
सोमबार तीन लाख ६८ हजार सङ्क्रमित थपिएकोमा मंगलबार दैनिक थपिने सङ्क्रमितमा कमी आएको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ४४९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई लाख २२ हजार ४०८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल ३४ लाख ४७ हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख २० हजार २८९ जना कोरोनामुक्त भएका छन् ।
भारतमा हालसम्म १५ करोड ८९ लाख ३२ हजार ९२१ जनाले खोप लगाएका छन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।