पिपिई सेटमा गाउँपालिका अध्यक्ष डल्लाकोटी : आफै चालक बनेर मध्यरातमा विरामीको उद्दार !

पिपिई सेटमा गाउँपालिका अध्यक्ष डल्लाकोटी : आफै चालक बनेर मध्यरातमा विरामीको उद्दार !

काठमाडौं, ३ जेठ । केहीदिनअघि नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ मा एक कोरोना संक्रमितले एम्बुलेन्स नपाएरै ज्यान गुमाए । जनप्रतिनिधिलाई एम्बुलेन्स मागेको ५ घण्टासम्म एम्बुलेन्स नआएपछि विरामीका आफन्तले ट्याक्टरमै अस्पताल लैजाँदै गर्दा विरामीको दुखद निधन भयो ।


जनताको करबाट किनेको लाखौँको गाडी प्रशासकीय अधिकृत मिटिङमा जानुछ भन्दै बोकेर हिँडेका थिए । त्यही घटनालाई लिएर स्थानियबासीले आन्दोलन समेत गर्नुपरेको थियो । तर, सबै जनप्रतिनिधि एकै हुँदैनन् ।


धादिङका एक जनप्रतिनिधि भने गाउँपालिकाको आफ्नै गाडीमा पिपिई सेट लगाएर उद्दारमा खटिएका छन् । त्यस्ता जनप्रतिनिधि हुन्–बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरि ।


गाउँपालिकामा रहेको १० वटा एम्बुलेन्स कोरोना संक्रमितको सेवामा खटिएर समय नभएपछि गाउँपालिका अध्यक्ष आफै पिपिइ सेट लगाएर आफै चालक समेत बनेर विरामीको उद्दारमा खटिएका हुन् ।


बेनिघाटकै चन्द्रोदय माध्यमिक विद्यालयका पूर्व शिक्षक प्रदिप पौडेल कोभिड १९ संक्रमित भएपछि उनलाई डल्लाकोटीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएका हुन् ।

आइतबार राती करिब ९ बजे उनले मलेखुस्थित अस्पतालमा पुर्याएका हुन् । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

Trending News