काठमाडौं, १० जेठ । नेकपा एमाले ओली समुहले माधव नेपाल समुहमाथि कारबाही थालेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो । त्यस्तै थप १२ जनालाई भने २४ घण्टे अल्टिमेटम दिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधरण सदस्यसमेत नरहनेगरी निष्कासनको कारबाही गरेको हो । नेताहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको हो ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाइपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अन्य १२ सांसदलाई २४ घण्टे अल्टिमेटम दिइएको छ ।