भेरि अस्पतालमा नर्स र डाक्टरमाथि मध्यराती आक्रमण गर्ने यी हुन् केपी ओली समुहका नेता !

दियो पोस्ट  

बाँके, १४ जेठ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ । आक्रमणको घटनामा मुख्य नाइके नेकपा एमालेको ओली समुहका प्रदेशका नेता रहेको पाइएको छ । लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता मन बहादुर राउतको नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती हमला गरेको हो । राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समुहकी नेता शान्ता चौधरी निकट व्यक्ति रहेको पाइएको छ ।

उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका हुन् ।

उनीहरूले अस्पतालसमेत तोडफोड गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको पाइएको छ ।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको हो ।

उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ । उनीहरु राती नै भिजेरै अस्पतालको छतबाट हामफालेर बाँचेका थिए ।

प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ । पक्राउ परेका मान बहादुर ओली समुहका ठूलै नेता भएका कारण घटना मिलाउन प्रहरीलाई दबाव छ । दबावका कारण स्वास्थ्यकर्मीले प्रहरीमाथि नै आशंका गरेका छन् ।

भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठका अनुसार मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् ।