उद्बब बिश्वकर्मा
जेठ-१७, दोलखा । कोभिड १९ को दोस्रो भेरियन्ट सहितको महामारी यतिबेला शहर हुँदै गाउँघर तिर फैलदोँ क्रममा छ । कोरोनाका कारण पर्यटकीय क्षेत्र त झनै प्रभाबित छ । शहरबाट गाउँमा घुम्न आउने पर्यटक र अन्य आवत जावत गर्नेहरुका कारण कोरोना फैलिन सक्ने भन्दै दोलखा जिल्लाको उत्तरी हिमाली क्षेत्र ‘बेदिङ रोल्वालिङ र च्छो-रोल्पा’मा आवत-जावत गर्न पूर्ण रोक लगाइएको छ ।
पर्यटकको मुख्य गन्तव्य स्थाल ‘च्छो-रोल्पा’ हिमताल अवलोकनका लागि आवतजावत गर्नेहरुको निकै भिड हुने भएकाले कोरोना भाइरसको महामारीलाई मद्यनजर गर्दै हाल आवत-जावतमा रोक लगाउनु परेको माउन्ट एभरेष्ट क्लबका अध्यक्ष दावाछिरी शेर्पाले बताए ।
रोल्वालिङ गुम्बा बिकास समिती र माउन्ट एभरेस्ट क्लबको सयुक्त बैठकले यही जेठ १७ गतेदेखि अर्को सूचना जारी नहुन्जेल सम्मको लागि आवत-जावतमा रोक लगाएको उनले जानकारी दिए । जिल्लामा अवस्थित ‘च्छो-रोल्पा’ हिमताल घुम्न आउने बाहिरी तथा आन्तरिक पर्यटक, भरिया, कामदार र रोल्वालिङ बासीलाई आवतजावतमा रोक लगाइएको क्लबका अध्यक्ष शेर्पाले बताए ।
बिश्वभर फैलिएको कोरोना भाइरसको कारण व्यापक रुपमा मानवीय क्षति भएको र त्यसको प्रभाव केही हदसम्म बेदिङ बासिलाइ पनि पर्न आएकोले भाबी दिनमा थप सङ्कट पैदा नहोस भनेर आवत जावतमा रोक लगाइएको क्लबका अध्यक्ष शेर्पाको भनाई छ ।
दोलखा जिल्लाको गौरीशंकर गाउपालिकाको सबै भन्दा बढी उचाइमा रहेको एक मात्र धार्मिक बिध्यालय रोल्वालिङ साङ्छ्योलिङ गुम्बा बिद्यालय छ । त्यहाँ बौद्ध धर्म सम्बन्धी पढाई हुने गर्छ । स साना बालबालिका र विद्यार्थीहरुलाई सङ्क्रमणले चाडो भेट्ने भएको हुदाँ स्वास्थ समस्या आइपर्ने र उपचारको लागि हावाइ यातायात बाहेक कुनैपनि यातायात को सुबिधा नरहेको हुदा यस क्षेत्रमा थप स्वास्थ सङ्कट आइनपरोस भन्ने उदेश्यका साथ सो क्षेत्रमा लकडाउन गर्नुु परेको गुम्बा बिकास समितिका अध्यक्ष थुन्डुनुर्बु शेर्पाले जानकारी दिए ।