अभूतपूर्व प्रहरी महानिरीक्षकज्यूलाई भावपूर्ण श्रद्धाञ्जली !

दियो पोस्ट  

पूर्वएसएसपी, योगेश्वर रोमखामी

सन् २००२ को कुरा हो, म प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत थिएँ । एउटा अवसरमा पुर्वप्रहरी नायब महानिरिक्षक विजय राज भट्टज्यूले खड्गजीत बराल साबको बारेमा सुनाउनु भएको प्रसङ्ग आजको सन्दर्भमा जिम्मेवार पदमा आसीन पदाधिकारीहरुकोलागि सन्देशमूलक र उल्लेखनीय छ । ब्यहोरा यस्तो थियो– ‘बराल साब आईजी (नेपाल प्रहरी महानिरिक्षक) हुँदा उहाँको नजिकका नातेदार वा नजिकको मानिस को होला भन्दै हामी पत्ता लगाउने कोशिस गर्दथ्यौँ । तर हामीले जत्ति गर्दापनि पत्ता लगाउन सकेनौँ । बराल साबले अवकाश पाई सकेको दुई तीन वर्षपछि मात्र हामीलाई बल्ल थाहा हुन् थाल्यो कि फलानो त बराल साबको नजिक नाता पर्ने वा गाउँले हुनुहुँदो रहेछ ।’


नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक दिवंगत खडगजीत बरालबारेको यो उदाहरणले उहाँ आफ्नो पदको प्रतिष्ठा, मर्यादा र सम्मान कायम राख्न कत्तिको सजग हुनुहुन्थ्योे भन्ने देखाउँछ । आफु नेपाल प्रहरीको संगठन प्रमुख हुँदा कसैलाई काखा वा पाखा नपारीकन न्यायोचित दृष्टिकोणबाट सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरुलाई संगठन प्रमुखको हैसियतले समान व्यवहार गर्नुहुन्थ्यो र यसको सबैलाई अनुभूति थियो । न्यायिक भावनालाई तिलान्जली दिएर नातावाद र कृपावादको पृष्ठपोषण गर्नेहरुलाई यो प्रसंग उचित मार्गदर्शक हुन सक्छ । बराल साबले सदैव भन्ने गर्नु हुन्थ्यो, – ‘नेतृत्वमा त्यागको भावना हुनुपर्छ ।’

तर, विडम्बना त्यागको भावनालाई लत्याएर हाम्रो देशका नेताहरु पदलोलुपता र सत्तालिप्सामा तल्लिन रहँदा आजको यो हविगत आम नागरिकले व्यहोर्नु परिहेको छ । आफ्नो व्यवसायिक जीवनमा उहाँ लोभ र अनावश्यक मोहबाट मुक्त्त हुनुहुन्थ्यो र उहाँले अत्यन्त मर्यादित भूमिका आजीवन निर्वाह गर्नुभयो । त्यही कारणले गर्दा उहाँलाई नेपाल प्रहरीको पितामहको उपमाले सम्बोधन गरिएको सुन्न पाइन्ट । पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालबारे अनेकौ किंबदन्तीहरु छन् । आफ्नो समयमा उहाँ अत्यन्त शक्तिशाली र प्रभावशाली संगठन प्रमुख हुनुहुन्थ्यो ।

उहाँको कुरा गृह मन्त्रालयले काट्न सक्दैन थियो । नेपाल प्रहरीलाई गाँस बाँस र कपासको प्रबन्धदेखि लिएर प्रहरी संगठनको आधुनिकिकरणको जग बसाल्नु, पेशागत कौशलको अभिवृद्धिका लागि आवश्यक पूर्वाधारको शिलान्यास र विकास गर्नु, खेलकुद जगतमा नेपाल प्रहरीको राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउनु तथा आधारभूत संरचनाको विकासमा पुलिस पब्लिक पार्टनरसिपको शुरुवात गर्नु लगायत अनेकौ कार्यहरुको सुरुवातको श्रेय उहाँलाई जान्छ ।

उहाँबारे भविष्यमा कुनै पुस्तक प्रकाशित भएको अवस्थामा विस्तार पुर्वक सबैकुराहरुको वर्णन गर्न सकिएला र उक्त पुस्तक भावी पुस्ताको लागि एउटा मार्गदर्शक र अमुल्य धरोहर साबित हुन् सक्छ ।


राष्ट्रिय र अन्तराष्ट्रिय ईतिहास, भूगोल, समाजशास्त्र लगायत अन्य धेरै विषयहरुमा उहाँसँग बारीक र बृहद ज्ञान तथा समझ थियो । उहाँ शास्त्र सम्मत ज्ञानशाला हुनुहुन्थ्यो । उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो र अनेकौं पुस्तकहरुको अध्ययन गर्नु भएको थियो । उहाँ अरुलाई पनि अध्ययनकोलागि प्रोत्साहित गर्नुहुन्थ्यो ।

उहाँको कुरा गृह मन्त्रालयले काट्न सक्दैन थियो । नेपाल प्रहरीलाई गाँस बाँस र कपासको प्रबन्धदेखि लिएर प्रहरी संगठनको आधुनिकिकरणको जग बसाल्नु, पेशागत कौशलको अभिवृद्धिका लागि आवश्यक पूर्वाधारको शिलान्यास र विकास गर्नु, खेलकुद जगतमा नेपाल प्रहरीको राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउनु तथा आधारभूत संरचनाको विकासमा पुलिस पब्लिक पार्टनरसिपको शुरुवात गर्नु लगायत अनेकौ कार्यहरुको सुरुवातको श्रेय उहाँलाई जान्छ ।

खान–पीन, आचार विचार र व्यवहारमा अत्यन्त अनुशासित र संयमित हुनुहुन्थ्यो । शब्दको शुद्ध उच्चारण गर्नुहुन्थ्यो र कुनैपनि कार्य त्रुटिरहित ढंगले सम्पनन गर्नु उहाँको छवी थियो । आफ्नो जीवनको प्रत्येक आयाममा पूर्णतया ‘मिस्टर पर्फेक्टनिष्ट’ हुनुहुन्थ्यो । सादगी र पवित्रताको आभास उहाँको निवासको शयनकक्षदेखि प्रत्येक कोठाहरुले नै व्यक्त गर्दथे ।

प्रहरी प्रधान कार्यालयमा तत्कालीन संगठन प्रमुख श्री मोतीलाल बोहरा साबले उपस्थित प्रहरी अधिकृतहरुलाई दिनुभएको संबोधनको शिलशिलामा भन्नुभएको थियो,‘यो देशमा बराल साबलाई मात्र ‘तँ’ भन्ने अधिकार छ ।’ यो भनाई म सम्झिरहन्छु । उहाँको ‘तँ’ भन्ने शैली सर्वस्विकार्य थियो । उहाँमात्र एउटा यस्तो पूर्वप्रहरी प्रमुख हुनु हुन्थ्यो जसले पूर्व र वर्तमान सबैलाई ‘तँ’ भनेर संबोधन गर्नुहुन्थ्यो । यसमा आत्मियता, अपनत्व र अधिकारको मिश्रण सहितको आभास हुन्थ्यो ।

यो अधिकार त्यसै पाउनु भएको थिएन । अवकाश पाएको चार दशक भन्दा बढी समय भई सक्दापनि उहाँसँग संगठन र देशको वस्तु स्थितिबारे पूर्ण जानकारी रहने गर्दथ्यो । कुन प्रहरी अधिकृत कहाँ कुन ठाउँमा कार्यरत छ भन्नेसम्मको जानकारी राख्नुहुन्थ्यो । भर्खर आधारभूत तालीम शुरु गर्ने प्रहरी अधिकृतहरुलाई पनि उहाँबारे जानकारी थियो । बराल साब मन, वचन र कर्मले प्रहरी प्रमुख हुनुहुन्थ्यो र आजीवन संगठनको हितलाई लिएर चिन्तित र सजग रहनुहुन्थ्यो । नेपाल प्रहरीको सलामी संबोधन जय नेपाल उहाँलाई अत्यन्त प्रिय थियो । सदैव भन्नुहुन्थ्यो,‘नेपाल प्रहरी मात्र एउटा यस्तो संस्था हो जसको प्रत्येक सदस्यले दिनमा अनेकौ पटक जय नेपाल भन्ने गर्दछ ।’


बराल साबलाई लिएर सुनिने किवदन्ती अनेकौ छन् । म तत्कालिन महाराजाधिराज विरेन्द्र बीर विक्रम शाह सरकारको ए.डी.सी हुँदा तत्कालिन युवराजाधिराज दीपेन्द्र सरकारले ‘आज तिमेरलाई आईजीपी बरालको किस्सा सुनाउछु’ भनी सुनाएको प्रसंग मेरोलागि स्मरणीय छ । यसबाट पनि उहाँको व्यक्तित्व स्मरणिय छ । उहाँको समकालीन भारतीय प्रहरी अधिकृतहरु (जो कुनैबेला उहाँको सहपाठी पनि थिए) बाट पनि रोचक किस्साहरु सुन्न पाएको छु । उहाँको हाजिरजवाफी र तार्किकता बेजोड थियो र समय अनुकुल तत्काल उपयुक्त तर्क प्रस्तुत गर्न सक्ने क्षमता थियो । अंग्रेजी, हिन्दी र उर्दुमा उहाँको राम्रो दखल थियो र यससँग संबन्धित साहित्यहरुको अध्ययन गर्नुभएको थियो ।

बराल साबलाई प्रेरणाको स्रोत मान्ने गरिन्छ, उहाँको देहावसन पछि प्रकाशित लेखहरुमा समाजका सबै तहलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरु देखिन्छ । नेपाल, भारत र अन्तर्राष्ट्रि स्तरमा प्रतिष्ठित र ऐतिहासिक व्यक्तित्वहरुसँग उहाँले भेटघाट गर्नुभएको थियो । बराल साबबाट महत्वपूर्ण पुस्तक सम्बन्धी र अनेकौं व्यावहारीक विषयहरु जान्ने र सिक्ने अवसर पाएँ । ऐतिहासिक, भौगोलिक, राजनीतिक र जीवनको दार्शनिक पक्षहरुबारे पनि रोचक धारणाहरु सुन्न र जान्न पाएँ । सन् १९९४ मा तत्कालिन दरबारमार्ग वडा प्रहरी कार्यालय प्रमुख हुँदा उहाँको नजिक आउने मौका पाएको थिएँ र त्यसपछि उहाँको जीवनको अन्तिम समयसम्म सम्पर्कमै रहेँ ।

म तत्कालिन महाराजाधिराज विरेन्द्र बीर विक्रम शाह सरकारको ए.डी.सी हुँदा तत्कालिन युवराजाधिराज दीपेन्द्र सरकारले ‘आज तिमेरलाई आईजीपी बरालको किस्सा सुनाउछु’ भनी सुनाएको प्रसंग मेरोलागि स्मरणीय छ । यसबाट पनि उहाँको व्यक्तित्व स्मरणिय छ । उहाँको समकालीन भारतीय प्रहरी अधिकृतहरु (जो कुनैबेला उहाँको सहपाठी पनि थिए) बाट पनि रोचक किस्साहरु सुन्न पाएको छु । उहाँको हाजिरजवाफी र तार्किकता बेजोड थियो र समय अनुकुल तत्काल उपयुक्त तर्क प्रस्तुत गर्न सक्ने क्षमता थियो । अंग्रेजी, हिन्दी र उर्दुमा उहाँको राम्रो दखल थियो र यससँग संबन्धित साहित्यहरुको अध्ययन गर्नुभएको थियो ।

उहाँको वाणीमा रहेको स्नेह मैले सदैव महसुस गरेको छु । आज एउटा खालीपन जस्तो महसूस हुन्छ, तर यस शाश्वत सत्यलाई स्वीकार नगरिकन उपाय छैन । पछिल्लो एक वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो र बीचमा उहाँको स्वास्थ्यमा केही प्रगती भएको जस्तो लागेको थियो । उहाँको बोली एक पटक पुनः सुन्ने उत्कट अभिलाशाा थियो, तर विधिलाई मन्जुर छैन रहेछ । स्वर्गारोहण हुने दिनको बिहानै उहाँको छोरी डाक्टर संगीता बरालबाट स्वास्थ्य स्थिति नाजुक हँुदै गएको खबर पाएको थिएँ । र, केहीबेरपछि नै उहाँले ९४ वर्षको उमेरमा यस नश्वर देहलाई त्याग गर्नु भएको जानकारी पाएँ । हेर्दा हेर्दै आज उहाँको तेह्रौं पुण्यतिथि आइसक्यो । बराल साबले कसरी आफ्नो जीवन जिउनुभयो र के दिएर जानुभयो भन्ने कुरा महत्वपूर्ण हो । यस्तो सार्थक जीवन कसै कसैको मात्र हुन्छ । आफ्नो त्याग, योगदान, अद्भूत नेतृत्व र मर्यादित जीवन पद्धतीले गर्दा उहाँ एउटा सफल संगठन प्रमुख साबित हुनुभयो र सबैकोलागि एउटा प्रेरणाको स्रोत बन्न सक्नुभयो । यस तेर्हौ पुण्यतिथिको उपलक्ष्यमा म मेरोलागि पूज्यनीय र सदैव स्मरणीय आदर्श प्रहरी प्रमुख श्री खड्गजीत बरालज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको प्रेरणादायी जीवन शैली हाम्रोलागि अनुकरणीय छ ।

सदैव मार्गदर्शक रहनुभएका अभूतपूर्व प्रहरी महानिरीक्षकज्यू लाई हृदयदेखि जय नेपाल र अन्तिम विदाई ।