धादिङको ज्वालामुखि २ मैदीमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट !

दियो पोस्ट  

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदीमा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि नेपाली कांग्रेसका कार्यकर्ता पौष प्रसाद तिवारी, राजेन्द्र सिंखडा लगायत कार्यकर्ता घाइते भएका छन् ।

घाइतेहरुका अनुसार स्वतन्त्रबाट हाल वडाध्यक्षका उम्मेदवार रण बहादुर शाही नेतृत्वको समुहले आक्रमण गरेको थियो । यसअघि वडाध्यक्ष समेत रहेका शाहीले आफूहरुमाथि आक्रमण गरेको उनीहरुको दाबी छ । पार्टी कार्यालयमा तिवारीलाई ज्यान मार्ने धम्की समेत दिएको एक प्रत्यक्षदर्शीले दियोपोस्टलाई बताए ।