धादिङको ज्वालामुखि गाउँपालिका २ मा रोचक प्रतिष्पर्धा भएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार अर्जुन शाहीले २ मतको झिनो अग्रता लिएका छन् ।
कुल १७७४ मत मध्ये १४ सय २४ मत गणना हुँदा माओवादी केन्द्रका शाहीले ५२६ मत पाएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका राजु लोप्पाले ५ सय २४ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकै बाघी उम्मेदवार रणबहादुर शाहीले २ सय ५७ मत पाएका छन् ।